संसद्को हिउँदे अधिवेशनको चटारो सुरु, सात्तरुढ र प्रतिपक्षी दलहरू आ–आफ्नै रणनीतिमा

दलको बैठक आज

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलको बैठक आज बस्दैछ ।

आसन्न हिउँदे अधिवेशनमा विपक्षी दलहरू मोर्चाबन्दी गरेर संसद्मा प्रस्तुत हुनेगरी जुटेपछि सत्तारुढ दलहरूले पनि छलफल थालेका हुन् । बैठक आज साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने छ ।

बैठकमा आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।

हिउँदे अधिवेशको पहिलो दिन प्रधानमन्त्री ओलीसहित दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । संसद् अधिवेशन सौहार्दपूर्ण होस् भन्ने प्रधानमन्त्रीको ओलीको चाहना भएपनि विपक्षी दलहरूको तयारी र सरकारको कामकारबाही सदनमा आरोप–प्रत्यारोप हुने निश्चितजस्तै छ ।

यसैबीच सभामुख देवराज घिमिरले पनि संसद अधिवेशनबारे प्रमुख पाँच दलका सचेतकहरुसँग आज छलफल गर्दैछन् । सभामुख घिमिरेले आइतबार मात्रै सत्तापक्षमा मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए