रुपन्देहीः एनआईसी एशिया बैंक रुद्रपुर शाखाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थापा परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
एनआईसी बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ३ हर्नाचौर निवासी प्रेम बहादुर थापाको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम निजकी श्रीमती धन कुमारी थापालाई हस्तान्तरण गरेको हो ।
बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की र एनआईसी एशिया बैंक रुद्रपुर शाखाका प्रमुख हरि पौडेलले संयुक्त रुपमा १० लाखको चेक हस्तान्तरण गरिएको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यासरत एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका थापाको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको हो ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बचत खातामा नै बीमा सुविधा ग्राहकहरूमाझ ल्याउदै आएको छ

















