काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

















