वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम

काठमाडौंः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतमले जिम्मेवारी पाएका छन् ।

निर्देशक डा सन्तोष पौडेलको कार्यकाल दुईवर्षे कार्यकाल पूरा भएसँगै डा गौतमले निर्देशकका रुपमा जिम्मेवारी पाएका हुन् ।

वीर अस्पतालकै कलेजो रोग विभागमा कार्यरत डा. शर्माले चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको रुपमा काम गरिसकेका छन् ।

डा. पौडेलले आफैँ पनि दोहोरिने इच्छासहित शक्तिकेन्द्र धाइरहेका छन् ।

त्यसैगरी निमित्त निर्देशक जिम्मेवारी पाएका डा. गौतम पनि निर्देशकका लागि ताकेता गरिरहेका छन् ।

वीर अस्पतालको उपनिर्देशक भइसकेकी छाला रोग विशेषज्ञ डा.अनुपमा कार्की पनि निर्देशक बन्नेमा होडमा लागेकी छिन् ।

वीरको निर्देशक पार्टीगतगत कोटाका आधारमा हुने हुँदा कसले पाउँछ भन्नेमा अहिले निश्चित भइसकेको छैन ।

यद्यपी चार जना आंकक्षी निर्देशकका लागि रहेका छन्