ट्रम्पको गरे ‘गोल्ड कार्ड’ भिसा बाँड्ने घोषणा

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्।

सीएनएनका अनुसार ट्रम्पले ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा गोल्ड कार्ड खरिद गर्न सकिने छ ।

ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गरिने छ। यो भिसा पाएपछि अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने सहज बाटो समेत खुल्ने छ ।

सीएनएनका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान समेत गरिएको छ।