स्याङ्जा: स्याङ्जामा जिप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।


















