काठमाडौं: मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ।
मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएसंगै उत्साह देखिएको हो ।
पहिलो एक घण्टामा बजारमा ३ अर्ब २० करोडको कारोबार भएको छ। १२ बजेसम्म सेयर बजार परिसूचक नेप्से २६ अंक बढेको छ । सो वृद्धिपछि २७९२ मा कायम भएको छ ।
नीतिको समीक्षासंगै पहिलो एक घण्टामा बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।


















