धनगढी: कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा रहेकी छिन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार बोहराको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ
घाइते भएका ३० वर्षीय मोटरसाइकल चालक लाई भने उपचारका लागि अस्पताल लगिएको छ ।
चालक भने फरार भएका छन् ।


















