खोटाङ: खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ ।
तीन दिनसम्म चल्ने बाँस सम्मेलनको बिहीबार सङ्घीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दिक्तेलस्थित कभर्डहलमा औपचारिक उद्घाटन गरी सम्मेलन सुरु भएको हो ।
बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रम स्थल र बाँसकै स्टलहरु निर्माण गरिएको छ। सम्मेलनमा बाँसजन्य सामाग्री, स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्न परिकार प्रदर्शनका लागि ५१ वटा स्टल राखिने छन् ।
यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ, रोटेपिङको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
बाँसको प्रवर्द्धन गर्दै यसबाट आयआर्जगर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।



















