काठमाडौं: १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो ।
नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले जानकारी दिए।
यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित गरिएको थियो ।
त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।


















