काठमाडौं: भर्खरै रातको २:५२ बजे गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंसहित नेपालका धेरै भूभाग, चीन र भारतसम्म मशुस गरिएको छ । राती २ बजेर ५२ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहेका कारण सर्वसाधारण घर बाहिर निस्किएका थिए ।


















