निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति कांग्रेस रहँदैनः महामन्त्री थापा

काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् ।

सोमबार चितवनमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो यस्तो बताएका हुन् ।

उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्ने आँट अब कसैले गर्न नसक्ने जिकीर गरेका छन् । साथै यस्तो कदम चाल्ने जोकोही कांग्रेस रहने समेत उनले प्रष्ट पारे ।

उनले निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई समानुपातिक मत मान्ने प्रस्तावमा छलफल गरिरहेको समेत जनाएका छन् ।

महामन्त्री थापाले निर्वाचनको बेलामा कांग्रेसको विरुद्धमा जो पनि जोसँग पनि मिल्न सक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने धारणा व्यतिm  गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने क्रममा रहेकाले कोही पनि डराउँन आवश्यक नभएको समेत औलाएका छन् ।