काठमाडौंः प्रेस काउन्सिल नेपालले पत्रकारलाई पनि वरिष्ठ उपाधि दिने भएको छ ।
काउन्सिलका सदस्य हरिप्रसाद जोशीको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनले पत्रकारलाई वरिष्ठ उपाधि दिने विषय उल्लेख गरेको हो ।
तीन सदस्यीय कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको र अब सबै रोकारवाला पक्षसँग छलफल गरी वरिष्ठ पत्रकारको उपाधिका लागि मापदण्ड तय गरिने अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । उनले प्रारम्भिक छलफल सुरु गरेको र सबै पक्षको राय–सुझाव लिएर मापदण्ड र कार्यविधि बनाइने विषयमा आज पनि छलफल भएको जानकारी दिए ।
पत्रकारहरूको पेसागत आचरणको अनुगमन प्रेस काउन्सिलले गर्ने भए पनि अभिलेख राख्ने र प्रेस प्रतिनिधि प्रमाणत्रपत्र जारी गर्ने काम सञ्चार मन्त्रालयमातहतको सूचना तथा प्रसारण विभागले गर्छ ।


















