त्रिशुलीमा मोटरसाइकल खस्यो,चालक बेपत्ता

काठमाडौं ः मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

चालकको पहिचान भने स्पष्ट भएको छैन। घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर –३ का २७ वर्षीय रोहित राना नाम रहेको परिचय पत्र फेला परेको छ।

चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। प्रहरी,सशस्त्र प्रहरी र गोदाखोरको टोलिले उद्दार कार्य जारी राखेका छन्।