जनकपुर: धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला परेको छ ।
धनुषा प्रहरीले शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला पारेको हो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका – बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको छ ।
स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको
अनुमान छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्ता लागेको छैन ।
स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि बेपत्ता भएका छन् ।
एकाएक घरका सबै हराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ।

















