गोरखाको साम्दो इलाकामा यात्रा गर्दा सावधानी अपनाउन सशस्त्र प्रहरी बलको आग्रह

काठमाडौं: सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

गोरखाको चुमनुब्री–१ साम्दो क्षेत्रमा तीन फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकलाई साबधान रहन सशस्त्र प्रहरी बलले अनुरोध गरेको हो ।

भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछि बिओपी साम्दोले हिउँ पन्छाउने काम निरन्तर गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत प्रहरी बलले अनुरोध गरिएको छ।