दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेलका लागि पुन: अयोग्य

काठमाडौं: नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालामा फुटबल खेलाउन पुन: अयोग्य सावित गरेको हो ।

नेपालको दशरथ रङ्गशालामा फुटबल खेलाउन नमिल्ने भए पछि एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेल्ने खेल मलेसिया सरेको छ ।

नेपालले छनोटको पहिलो लेग मलेसियासँग आगामी मार्च २५ तारिख दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो ।

दशरथ रङ्गशालाको मापदण्ड पूरा गर्न नसक्दा पहिलो लेख मलेसियाको जोहोरमा सरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिएका छ्न् । उनका अनुसार दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा हुँदा राखेपले एएफसीको प्रतिनिधिलाई मापदण्ड अनुसारको मैदानको कागजात दिन सकेन ।

मैदान निरीक्षणमा आएका प्रतिनिधिले अयोग्य ठानेपछि खेल खेलाउन सक्ने अवस्था नभएको उनले बताए । मैदानको रिपोर्ट बनाउने र सुरक्षाको विषयमा आस्वस्थ पार्न नसक्दा एएफसीका प्रतिनिधि सन्तुष्ट बनेको उनले जानकारी दिए । साथै छनोटको दोस्रो लेग नेपालमा खेलाउने प्रयास भइरहेको पनि उनले प्रष्ट परेका छ्न्।

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ।

त्यसपछि नेपालले अक्टोबर १० मा नेपाल भियतनामसँग खेल्नेछ । नेपालले अक्टोबर १५ मा भियतनामसँग दोस्रो लेग दशरथ रङ्गशालामा र नोभेम्बर १८ मलेसियासँग, मार्च ३१ मा लाओससँग दशरथ रङ्गशालामै खेल्ने तालिका रहेको छ ।

‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट खेलहरू यसअघि पनि दशरथ रङ्गशालालाई अयाेग्य भन्दै बाहिर सञ्चालन गरिएको थियो ।

नेपालले फिफा विश्वकप छनोट २०२६ अन्तर्गतका खेलहरु अरूकै मैदानमा खेलिएको थियो ।