ड्रोनको प्रयोगबाट बाँदर धपाइने

दोलखा: बाँदरबाट आतङ्कित बनेका दोलखा मेलुङ गाउँपालिका–७ मा ड्रोनको प्रयोग गरेर । बाँदर धपाउने भएको हो ।
बादर धपाउन धपाउन बन्दुकलगायतका साधनको प्रयोग गर्दा पनि नभएपछि यो ड्रोनको प्रयोग गरेर । बाँदर धपाउन लागिएको हो ।

नयाँ प्रविधिबाट बादर धपाउन तीन लाख रुपियाँ लगानीमा ड्रोन खरिद गरिएको वडाले जनाएको छ ।
मेलुङ गाउँपालिका–७ का किसानहरुलाई वडाले
ड्रोनको जानकारको साहयतामा किसानहरूलाई प्रशिक्षण समेत दिइरहेको छ ।

किसानहरुलाई पाँच दिनसम्म प्रशिक्षण दिने तयारी रहेको छ । अहिलाई शिक्षित सात जना किसानहरूलाई ड्रोन चलाउन र २५जनालाई यस सम्बन्धी जानकारी दिइने छ ।

बाँदरलाई तर्साउन, धपाउन ड्रोनमार्फत बाघ र बन्दुकको आवाज निस्कने, सेकेन्ड सेकेन्डमा बिजुलीको झडका दिने, राती बाँदर, दुम्सी रहेका स्थानमा साइरन बजाउने लगायतका १० थरी उपाय किसानलाई सिकाइने र स्थलगत अभ्यास समेत गराइने वडाले बताएको छ ।

बाँदर रहेका स्थानमा ड्रोनमार्फत पासो थापेर एक पटकमा १५ वटासम्म बाँदरलाई नियन्त्रणमा लिएर परिवार नियोजन गरिनेछ । यसबाट पनि बाँदर कम हुने अपेक्षा गरिएको छ ।

बाँदर आङतकका कारण किसानहरूले खेतबारी बाँझै रहेका छन् । बाँदरनियन्त्रणका लागि पटक पटक सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउँदा पनि ठोस समाधान आउन नसकेपछि वडाले आफ्नै पहलमा ड्रोनबाट बाँदर हटाउन लगेको हो ।