अरिकाले दिएको रकम कसले कति प्रयोग गरे हिसाबकिताब हुनुपर्ने:रामहरि खतिवडा


काठमाडौं: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट आएको सहयोग रकमबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा खतिवडाले अमेरिकाले दिएको रकम कसले कति प्रयोग गरे  त्यसको श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भने – “अमेरिकाले दिएको रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा आएको छ । यस्तो रकम कति नेपालमा आएको हो  ककसले प्रयोग गरे ?”

उनले देशलाई नै बदनाम हुने काम भएको भए श्वेतपत्र जारी गर्नुपर्ने बताए । “एनजीओ र आईएनजीओको आएका र अन्य काममा प्रयोग भएका रकम कति छन् ? त्यो रकमलाई लिएर नेपाललाई नै बदनाम गर्ने काम भएको छ भने भएको के हो ?श्वेतपत्रका रूपमा जारी गरोस्,” उनले भने ।