काठमाडौं: नवनियुक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले पदभार ग्रहण गरेका छन्। डा देवकोटाले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो।
डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन्।
डा देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका सातौं तहबाट प्रवेश गरेका हुन्। उनले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
स्वास्थ्यमा प्रशासन र स्वास्थ्य समूहका गरी दुई जना सचिव रहने व्यवस्था छ। हाल रिक्त भएको स्वास्थ्य समूहको सचिवबाट १२ फागुनमा ५ वर्षे कार्यकाल सकेर डा रोशन पोखरेल अनिवार्य अवकाश लिएका थिए।



















