काठमाडौं: डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेसंगै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ३६ पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांक अनुसार अमेरिकाबाट डिपोर्ट भएर नेपाल आउनेको नेपालीको संख्या ३६ पुगेको छ ।
अमेरिकाबाट पहिले पनि नेपाली डिपोर्ट हुने नेपाली नभएका होईन तर ट्रप राष्ट्रियपति भएदेखि डिपोर्ट भएर आउनेको संख्या केही बढेको छ ।
अध्यागमन कार्यालयको तथ्यांक अनुसार २०८१ माघ ७ गते यता अमेरिकाबाट ३६ जना नेपाली डिपोर्ट भएका छ्न् ।
राष्ट्रपतिमा ट्रम्प आएसंगै ट्रम प्रशासनले १ हजार ३६५ नेपाली सहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । अमेरिकी सरकारले उनीहरू सबैमाथि अवैधरूपमा अमेरिकामा बसेको आरोप लगाइएको थियो ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै उनले आप्रवासी नीतिमा कडाइ गरेका थिए । ट्रम्पले अवैध अमेरिका प्रवेश गरेकालाई डिपोर्ट गर्ने घोषणा चुनावी अभियानकै क्रममा गरेका थिए ।
सोही अनुसार, यही फागुन २१ गते मात्र अमेरिकाले एउटा जहाजमा आठजना र अर्को जहाजमा एकजना गरी नौजना नेपालीलाई डिपोर्ट गरेर काठमाडौं पठाएको थियो ।
माघ ७ गते यता डिपोर्ट गरिएका अन्य नेपालीबारे पूर्वजानकारी नदिए पनि फागुन २१ गते डिपोर्ट गरिएका आठजना नेपालीबारे ट्रम्प प्रशासनले नेपाललाई जानकारी गराएको थियो ।
डिपोर्ट भएका नेपाल आइपुग्ने दिन अमेरिकाले एक इमेल मार्फत डिपोर्टका बारेमा जानकारी गराएको थियो । नेपालबाट अवैध तरिकाले अमेरिकामा प्रवेश गरेकाले उनीहरूलाई नेपाल फिर्ता गरिएको बेहोरा इमेलमा उल्लेख थियो ।
डिपोर्ट भएकाहरूमा अवैध तरिकाबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिना भिसा बसेको जस्ता आरोप लगाइएको छ ।


















