पुर्वराजा शाहको स्वागतका लागि हजारौं समर्थकहरु पुगे त्रिभुवन विमानस्थलमा (तस्बिरहरु)

काठमाडौं: आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले र्‍यालीसहित निर्मल निवास पुर्‍याएका छन् ।

आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका पूर्वराजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थकहरुले र्‍यालीसहित निर्मल निवास पुर्‍याएका हुन्।

पूर्वराजाको स्वागतमा दिउँसैदेखि हजारौं समर्थकहरूको  उपथिती रहेको थियो । साथै समर्थकहरू विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको ढोकासम्म पुगेका थिए।

समर्थकहरूको स्वागतका क्रममा पुर्वराजा शाहले गाडीमा उभिएर आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए भने हात हल्लाएर खुसी समेत बनेका थिए ।

शाह पोखराबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका थिए । पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित भव्य स्वागत गरी निर्मल निवास सम्म पुर्‍याएका थिए ।