कुनै राजनीतिक पृष्ठभूमि नभएका मार्क कार्नी नयाँ प्रधानमन्त्री बन्ने पक्का पक्की 

काठमाडौं: बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ ।

यससँगै उनी देशका आगामी प्रधानमन्त्री बन्ने पक्का पक्की  बनेको छ ।

कार्नी यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थानमा आउने छ्न् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् ।

कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति क्यानडाको प्रधानमन्त्री बन्न लागेको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छ्न् ।

राजनीतिमा नयाँ आएका कार्नीले पार्टीलाई पुनर्जीवित गर्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार वार्ता गर्न सबैभन्दा उपयुक्त व्यक्ति आफू भएको तर्क गरेका छ्न् ।

ट्रम्पले क्यानडामा अतिरिक्त कर लगाउने धम्की दिएका छ्न्। यदि ट्रपले यसो गरेमा क्यानडाको निर्यात–निर्भर अर्थतन्त्रलाई असर पुग्ने अनुमान गरिएको छ ।