काठमाडौ: सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका राजनीतिक नियुक्ति सम्बन्धी विभिन्न पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न कांग्रेस–एमाले सहमत भएका छन् ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस–एमालेबीच राजनीतिक नियुक्तिमा भागबण्डा गरी सहमति भएको हो ।
त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ ।
‘प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रदेश सरकारका काम कारवाही थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको बताएको छ्न् ।
साथै ‘रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरुमा सहमतीका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय पनि गरिएको छ ।
नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सहमतीका आधारमा राजनीतिक नियुक्तिका पदहरुमा भागबण्डा गरिनेछ। जस्मा प्रादेशिक अस्पतालको अध्यक्ष, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पदहरु रिक्त भएसंगै भागबण्डाका आधारमा नियुक्ति हुनेछ्न्।


















