उम्मेदवारीको विषयलाई लिएर नेविसंघले विश्वविद्यालय क्याम्पसमा ताला लगायो

काठमाडौं: स्ववियु निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले विश्वविद्यालय क्याम्पसमा ताला लगाएको छ ।

दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अध्यक्षको उम्मेदवार रहेको सूचीलाई मात्र समावेश गरेपछि कार्की समूह असन्तुष्ट हुँदै ताला लगाएको हो ।

त्रिवि नेविसंघ सभापति विष्णु बडैलालका अनुसार दावी विरोधको समयमा आधिकारिक कुन हो भनेर टुंगिनुपर्ने हो तर नियोजित ढंगले षड्यन्त्र गरेर आधिकारिक अध्यक्षको उम्मेदवारीलाई समावेश नगरेपछि ताला लगाएको हो ।