साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं: साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।

९२ वर्षे क्षेत्रीको गएराति गुवाहाटीमा निधन भएको हो ।

क्षेत्री बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध संग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।