काठमाडौं: त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा मात्र भएको छ ।
त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यका अनुसार ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो ।
बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।
आज भएको चुनाव दुई वटा क्याम्पसमा भने रोकिएको छ । मतदान सुरु भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएका छ्न् ।
अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ भने पाटनमा सहमतिको प्रयास भइरहेको छ ।
त्रिविका ६४ वटा अंगिक क्याम्पसहरु रहेका छन् ।


















