काठमाडौं: नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले १० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय गर्ने जानकारी दिएका छन्।


















