राप्रपाले स्थगित गरेका आन्दोलका कार्यक्रम अघि बढाउँने

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा घोषणा भएका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

त्यस्तै राप्रपाको नेतृत्वमा हुने आन्दोलका कार्यक्रमहरु तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मुल समितिको बैंठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्ने पनि बैठकले निर्णय गरेको छ ।

यसैगरी, बैंठकले आन्दोलन र संगठलाई संगैसंगै लैजाने र आन्दोलनको घोषणा पछि पार्टीका सबै गतिविधिहरु आन्दोलन केन्द्रित गरिने समेत निर्णय गरिएको छ ।

बैठकमा महामन्त्री राजेन्द्र गुरुङले केबल सरकार परिर्वतन हुदैँमा देशको विद्यमान समस्याहरु समाधान हुन नसक्ने बताए । साथै उनले प्रणालीगत कम्जोरीमा आमुल सुधार अहिलेको आवश्यता भएको समेत औलाए ।

राप्रपाले यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह २५ फागुनमा पोखराबाट काठमाडौं आउने भएपछि तय भएका कार्यक्रमहरू स्थगित गरिएको थियो । तर उक्त कार्यक्रम पुनः अघि बढाउने निर्णय आजको कार्यसम्पादन समितिको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।