काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ।
स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखाले आवेदन माग गरेको हो ।
बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूर भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सुम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।
मन्त्रालयमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहले फागुन १२ गते एकै पटक अवकाश पाएका थिए।
सचिवमा डा विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन्।


















