काठमाडौं: स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई स्वास्थ्य बीमाबारे केही पनि थाहा नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले
आफूलाई स्वास्थ्य बीमाबारे केही पनि थाहाँ नभएको बताएका हुन् ।
उनले गाउँ–गाउँमा स्वास्थ्य बीमाको चेतना नभएको भन्दै राज्यले विभेद गरिरहेको पनि आरोप लगाए ।
उनले भने- ‘मेरो गाउँको चमार, मुसरिया, पहाडका चेपाङ जो कमजोर तप्काको छ,’ जो सहर पस्न सकेको छैन,’ उसको छोराछोरीले पढ्न पाएको छैन,’ उसले स्वास्थ्य बीमाको लाभ कहिले पाउँछ ? यसको कुनै चेतना छैन । ‘म एउटा पीएचडी गरेको सांसद हुँ, मलाई त थाहा छैन, स्वास्थ्य बीमा के हो ? भनेर । म सिधा कुरा बताउँछु ।’
उनले स्वास्थ्य बीमाबारे गाउँका कमजोर समुदायलाई केही थाहा नभएको जिकिर गर्दै सीमित वर्गमा मात्रै लाभ पुर्याउनेगरी राज्य लागेको आरोप लगाए ।
उन्ले सीमित वर्गमा मात्रै राज्यले लाभ पुर्याउने कोसिस गर्यो भने स्वस्थ्य बिमा नतिक्ने समेत प्रष्ट परे ।


















