वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि नफर्किने जनार्दन शर्माको दाबी

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राजतन्त्र नआउने र आउन नदिइने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले दरबार हत्याकाण्डबाटै गणतन्त्रको प्रारम्भ भएको पनि बताएका छ्न् ।

उनले भने- “०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो,” ।

उनले वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने दाबी गरे । उनले सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खतामा नलाग्ने पनि प गर्दैन भन्ने स्पष्ट पारे ।

त्यस्तै उनले राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी नभएको बरु, समाजमा रहेको, आफैँभित्र रहेको राजतन्त्रीय प्रवृत्ति र व्यहारको अन्त्य भने गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले नयाँ पुस्ताको सोच, हाम्रो आवश्यकता अनुसार अघि बढ्न नसकेको कुरा स्वीकार गरेका छ्न् । साथै नेताहरूबीच कुर्सी छिनाझपटी, एक अर्काप्रतिको गालीगलौज, लाञ्छनाका कारण लोकतान्त्रिक अभ्यासमा अविश्वास पैदा भएको समेत जनाएका छ्न् ।