काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताएका छन् ।
शुक्रवार कांग्रेसले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै डा. कोइरालाले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यान्वयन नहुँदा जनतामा निराशापन बढेको बताएका हुन् ।
डा. कोइरालाले भने- ‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था देखिँदैन,’ सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन्’, ती दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन,’ ‘त्यसैले जनता निराश छन्,’ जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनतामा नेतृत्वहरूप्रति नै वितृष्णा बढेको छ’ यस्तो वितृष्णा हामीहरूले हटाउनुपर्छ।’
साथै उनले नेपाली कांग्रेसले अहिले समस्या समाधानको लागि मियो बन्नुपर्नेमा एमाले, माओवादीको पछि लागेको समेत धारणा व्यक्त गरे ।


















