पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ मन्दिरको दर्शन

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ मन्दिरको दर्शन गरेका छन्। आज गोरखास्थित गोरखनाथ मन्दिरको दर्शन गरेका हुन्।

शाहले आज मन्दिर दर्शन गरेको भिडिओ राख्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको पुनस्र्थापनाको यात्रा सुरु गर्नुअघि गोरखनाथको आर्शीवाद लिनुको ठुलो प्रतीकात्मक अर्थ राख्ने बताएका छन्।

उनले गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु उल्लेख गरेका छन्। पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन्।

पूर्वराजाको आह्वानपछि राजावादीहरूको अहिले राजा फर्काउने आन्दोलन घोषणा गरिरहेका छन्। फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरेपछि राजावादीहरू हौसिएका छन्।