हावाहुरीका कारण स्थगित भएको तिलोत्तमा गोल्ड कपको पहिलो खेल आज हुँदै

काठमाडौं: हावाहुरीका कारण स्थगित भएको २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेल आज बिहाँन हुँदैछ ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार दिउँसो सशस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच भएको खेल मध्यान्तरपछि ६ मिनेट खेलेर स्थगित भएको थियो । खेलको पहिलो हाफको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफ शुरु भएसंगै हावाहुरीले खेल खेलाउन असहज भएपछि खेल स्थगित गरिएको थियो ।

आज आईतबार दिउँसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्वायज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाण्डौका बिच हुनेछ ।

चैत १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख १२ हजार र उपविजेता टिमले ६ लाख, ६६ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् ।