काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष निर्णयपछि रोकिएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ ।
अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टका केही कार्य अघि बढाउन अनुमति दिइसकेको नेपालस्थित कार्यालय स्रोतले जानकारी दिएको हो ।
अमेरिकाले जनवरी २० अर्थात् पुस ७ गते ९० दिनको कार्यकारी आदेशानुसार रोकिदिएको थियो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) नेपालले दिएको जानकारीअनुसार केही कामहरु अघि बढाउन अनुमति दिइएको छ ।
एमसीए नेपालले जारी गरेको एक सूचनामा अनुसार-“संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको,” एक विज्ञप्तिमा भनिएको छ- “अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू पर्छन्।”


















