त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौंः काठमाडौंको त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ।

चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो।

निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ।

चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ।

स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो। नेविसंघकै विवेक बानियाँ समूहले तालाबन्दी गरेका थिए।

नेविसंघबाट स्ववियु अध्यक्ष उम्मेदवार गोविन्द कोइरालालगायतले स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए।

त्रिचन्द्र स्ववियु अध्यक्षमा विभिन्न संघसंगठन र स्वतन्त्र गरी ९ जना उम्मेदवार छन्।