काठमाडौं: कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् ।
काठमाडौंमा आज कवाड व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलन गरि महानगरले जफत गरेका सामान फिर्ता माग्नका निम्ति मंगलबार कार्यालय घेराउ गर्ने तयारी गरिएको कवाड व्यवसायी संघले जनाएको हो ।
महानगरले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्ष संघले जनाएको छ।
कवाड व्यवसायी संघका अध्यक्ष राम गुप्ताले भने-
“हामीले भोलि बिहान साढे ११ बजे महानगरको टेकुस्थित कार्यालय घेराउ गर्दैछौँ, यसअघि जफत भएका सामानहरू फिर्ता माग्छौँ, त्यसैका लागि भोलिको कार्यक्रम घोषणा गरेका हौँ,”।
साथै उनले सोमबार महानगरलाई ज्ञापनपत्र बुझाउन जाँदा त्यहाँका पदाधिकारीले पत्र बुझ्न नमानेको पनि बताए ।
महानगरले कवाड व्यवासायीहरूको व्यवसायस्थलमा डोजर चलाएर आतंक मच्चाएको, तोडफोड गरेको, साइकल र सामान जफत गरेकोे उनीहरूको आरोप छ ।


















