काठमाडौं: संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा यस्तो होटेल छ, जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न निकै कठिन छ । जहाँ केवल धनाढ्य मनिसले मात्र प्रवेश पाउँने गर्दछ्न् ।
त्यो होटेल हो, बुर्ज अल अरब। दुबईको जुमेराहबीचमा अवस्थित यो होटेलको चारैतर्फ नीलो, सफा समुद्र फैलिएको छ । कृत्रिम टापुमा बनेको यो होटलको जग समुद्रभित्र १४८ फिट गहिराइमा छ । यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा विशिष्ट होटेलका रूपमा स्थापित गरेको छ ।

यो होटलमा एक रात बिताउन १६ सय डलर देखि रोयल सुइटको लागि २५ हजार डरल सम्म अर्थात नेपाली २ लाख ८० हजार देखि ४३ लाख ७५ हजार सम्म तिर्नु पर्छ ।

यसलाई विश्वको पहिलो १० तारे होटेल पनि भनेर चिनिने गरिन्छ । यो होटेलमा बस्नु सपना भन्दा कुनै कम छैन भन्दा फरक नपर्ला । किन भने यस होटलको विभिन्न स्थानमा मात्र नभएर बाथरुममा समेत २४ क्यारेट सुनको प्रयोग गरिएको छ ।

आममानिसका लागि यो होटेलमा बस्नु केवल एक सपना मात्रै हो । यसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्नु वा एक रात बिताउनु असम्भव छ ।
यहाँ केवल धनाढ्यले मात्र प्रवेश पाउँन् । यो होटेलमा बस्ने धनाढ्यहरूले विश्वको सबैभन्दा सुन्दर र भिन्न अनुभव यस होटलमा प्राप्त गर्न सक्छन् ।

यो होटेलमा पिल्लरदेखि ढोकाका ह्यान्डलसम्ममा २४ क्यारेट सुन लेपन लगाएको छ । साथै यहाँ पाइने खानेकुरामा समेत सुनको प्रयोग हुने गर्दछ ।


जुमेराह ग्रुपसँग यो होटेलको स्वामित्व रहेको छ । जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी होटेल चेन हो । यो होटेलको निर्माणमा करिब एक अर्ब डलर खर्च भएको छ ।३२१ मिटर अग्लो यो होटेल भवनको सन् १९९९ मा निर्माण पूरा भएको थियो ।

बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो । टम राइटको नेतृत्वमा यसको निर्माण गरियो । यसको आकार एउटा जहाजको पाल जस्तै डिजाइन गरिएको छ । होटेलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ । त्यसैले यो होटललाई सुनको महल भन्दा पनि फरक नपर्ला ।


















