पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न भए पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनक्रममा उनले यही चैत १५ गते काठमाडौंमा राजावादीको हिंसात्मक प्रदर्शनलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने – “आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न,” ।

उनले पूर्वराजा शाहले गएको फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेर भड्काउने कार्य सुरु गरेको बताए । त्यसलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनता भड्काउने कार्य गरेको समेत अरोप लगाएका छ्न्।