काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वर्तमान गठबन्धनले आफ्नो पार्टीमाथि फेरि अर्को प्रहार गर्नसक्ने जिकिर गरेका छन् ।
सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमाथि हुनसक्ने प्रहारबाट बच्न अहिलेको पार्टी संरचना अझै सवल र सशक्त हुन आवश्यक भएको जिकिर गरेका हुन् ।
रबिले भने- “यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ, तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ” ।
उनले सरकारले सबै शक्ति आफ्नो पार्टीको प्रहारमा प्रयोग गरिरहेको पनि बताए ।
साथै उनले गणतन्त्र जनताको तन्त्र भएकाले आफ्नो पार्टीले पनि सोही झन्डा बोक्ने प्रष्ट परेका छन् ।
उनले भने-“गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन,’ सभापति लामिछानेले भनेका छन्, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं ।”


















