काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा आगजनीमा परेर निधन भएका एभिन्यूजकर्मी सुरेश रजकको परिवारसँग बालुवाटारमा भेट गरी गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाए ।
साथै, उनले एभिन्युजकर्मी रजककी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने आश्वासन दिँदै दाहसंस्कार गर्न परिवारलाई आग्रह गरे ।
गत १५ चैतमा राजधानीको तीनकुनेमा राजावादी समूहले एक घरमा आगजनी गर्दा एभिन्यूजकर्मी रजकको जलेर मृत्यु भएको थियो ।


















