काठमाडौ: प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ।
उक्त ल्याब युएसएड मार्फत् अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइड संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको हो।
अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न भएको ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरेका हुन् ।
यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए।
ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र नवजातको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरेको बताए ।
उनले यस्तो खालको सेवा विस्तारै प्रदेशमा पनि विस्तार गर्ने बताए । यसैगरी अस्पतालमा बर्थिंग सेन्टरको पनि स्तरोन्नति गरिएको छ । विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छ्न् ।
अस्पतालमा यसअघि एक पटकमा दक्ष प्रसुतिकर्मी मिडवाईफ द्वारा ८ जनाको प्रसुति गराउन सक्ने क्षमता रहेकोमा अब थप ४ गरि १२ जना लाई प्रसुति गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ ।


















