काठमाडौं: वर्षको पहिलो सेयर बजारको परिसूचक २७.१४ अंक बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको हो ।
कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो ।बजारको परिसूचक मात्रै बढेको होईन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
२१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढे ।
आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।


















