राष्ट्रपति पौडेललेद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते (शुक्रबार)बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।