लण्डन म्याराथनमा राष्ट्रिय पोशाकमा दौडिएर सन्तोषले राखे कीर्तिमान

काठमाडौंः धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सदस्य सन्तोष राईले नेपाली राष्ट्रिय पोशाकमा दौडिएर कीर्तिमान कायम गरेका छन् ।

सन्तोष राईले लण्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर गिनिज वल्र्ड रेकर्ड कायम गरेका हुन् ।उनले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए।

सन्तोषले खेलमार्फत नेपाली संस्कृति र पहिचानलाई विश्व मञ्चमा पु¥याउने एउटा उद्देश्य सफल भएको बताएका छन् ।

बेलायतवासी कैयौं नेपालीको सहभागिता रहेको म्याराथनमा नेपाली ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान तोडेकी छन्। उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।