काठमाडौंः स्कटल्यान्डमा नेपालीद्वारा सञ्चालित बे लेफ रेष्टुरेन्टले हालै सम्पन्न स्कटिस करी अवार्ड २०२५ मा प्रतिष्ठित अवार्ड जितेको छ ।
वेस्ट लोथियनस्थित पुम्फर्सटनमा रहेको सो रेष्टुरेन्टले अवार्ड हात पारेको हो ।
म्यानेजर अफ द इयरको अवार्ड सागर भण्डारीलाई प्रदान गरिएको छ भने उक्त शाखालाई दक्षिणपूर्व स्कटल्याण्डको करी रेष्टुरेन्ट अफ द इयर अर्वाडबाट पनि सम्मानित गरिएको छ ।
त्यस्तै, बाथगेटस्थित बे लेफ रेष्टुरेन्ट स्कटल्याण्डको उदीयमान करी रेष्टुरेन्ट घोषित भएको छ ।


















