चैत १५ तीनकुने प्रदर्शन: दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर

काठमाडौं: गत १५ चैतमा तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका दोषीमध्ये आठ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको कसुरसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

दुई जनाको ज्यान गएको उक्त घटनामा प्रसाईंसहित हरिहर चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, सतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरिएको छ ।