काठमाडौ: नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएको छ ।
सोमबार बिहान बसेको पदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने प्रवक्ता अग्नि सापकोटाले बताएका हुन् ।
सापकोटाले भने-“पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।”
“जति ढिला भयो उति साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष हो,” सापकोटाले भने ।


















