नेपाली काङ्ग्रेसले भन्यो, रवि लामिछानेको बिषय गृहमन्त्री रमेश लेखकसँग जोड हुँदैन

काठमाडौं: नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रवि लामिछानेको विषय वर्तमान गृहमन्त्री रमेश लेखकसँग जोड् नहुने बताएको छ ।

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिने कुनै आधार नभएको बताएका हुन् ।

तर, तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उनको भनाइ छ ।

महतले भने- “लेखकलाई रवि लामिछानेसँग जोड्न मिल्दैन । उहाँमाथि आरोप आयो, उजुरी आयो । त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ । यहाँ त न कुनै आरोप छ, न आधार छ । आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन।”